|

 पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफलाई छोड्न अदालतले आदेश दिएको छ।

दश वर्ष जेल सजाय तोकिएका सरिफलाई दुई महिनापछि अदालतले छोड्न आदेश दिएको हो। गत जुलाई महिनामा पूर्वप्रधानमन्त्री सरिफ र उनीकी छोरीलाई १० वर्ष जेल सजाय तोकिएको थियो।

तर उनीहरुले आफूहरुलाई लगाइएका आरोप झुटा भएको बताउँदै आएका थिए। गत साता सरिफकी पत्नीको मृत्य भएपछि उनको अन्त्येष्टिका लागि थुनामुक्त गरिएको थियो।  अवैधानिक रुपमा विदेशमा सम्पत्ति लगेको आरोपमा सरिफ र उनीकी छोरीलाई गत जुलाई महिनामा १० वर्षे जेल सजाय तोकिएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.