|

हेटौंडा : पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौँडा–११ नवलपुरमा बिहिबार बिहान बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।

काठमाडांैबाट लालबन्दी जाँदै गरेको बा ३ ख ३४११ नम्बरको बस र काँकडभिट्टाबाट बुटवल जाँदै गरेको ना ४ ख ७४११ नम्बरको बस एक आपसमा ठोक्किदा दुर्घटना भएको हो। दुर्घटनामा घाइते मध्ये दुई जनाको अवस्था गम्भिर रहेको छ। घाइतेहरुको हेटौँडा–११ स्थित चुरेहिल अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

राजमार्गमा रहेका खाल्डाखुल्डी छलाउन खोज्दा दुर्घटना भएको हुने सक्ने प्रारम्भिक अनुमान गरिएको छ। पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौँडा–नारायणगढ सडक खण्डमा खाल्डाखुल्डी हुँदा दुर्घटनाको जोखिम बढेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.