|

काभ्रेपलाञ्चोक : चौरी देराली गाउँपालिका–८ बिर्ता देउरालीको भम्से खोला शिरमा सडेको अवस्थामा फेला पारेको शव सोही ठाउँका इन्द्रबहादुर तामाङ रहेको प्रहरीले जनाएको छ।

बुधवार बेलुका स्थानीयवासीले भम्से खोला शिरमा रहेको खोल्साको बाँसघारीमा शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए। इलाका प्रहरी कार्यालय कात्तिके देउरालीका प्रहरीले शव सोही ठाउँका ७३ वर्षीय इन्द्रबहादुर तामाङको रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काले जानकारी दिए।

मृतककी श्रीमती सोमरानी तामाङका अनुसार इन्द्रबहादुरको दुई वर्षअघिदेखि मानसिक सन्तुलन ठीक थिएन। गत भदौ १६ मा घरबाट हिँडेका इन्द्रबहादुर बुधबार मृत फेला परेका हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.