राजनीति

संसदको संयुक्त समितिमा राष्ट्रियसभाबाट सांसद मनोनित
SHARES

असोज ४, २०७५

    काठमाडौं : राष्ट्रियसभाबाट राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन संयुक्त समितिमा तीन जना सांसद मनोनित भएका छन्।

    राष्ट्रियसभाको बिहीबार बसेको बैठकले राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिमा मनोनयनका लागि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्ताव गरेका सांसदहरूमा राधेश्याम अधिकारी, कालिबहादुर मल्ल र रामलखन चौंधरीको रहेका छन्।

    समितिमा प्रतिनिधिसभाबाट अनिलकुमार झा, भीम रावल, डा. मिनेन्द्र रिजाल, निरादेवी जैरु, खेमप्रसाद लोहनी, गणेशसिंह ठगुन्ना, प्रभु साह, डा. मिनेन्द्र रिजाल, लक्ष्मी परियार, दुर्गा पौडेल र देवप्रसाद तिमिल्सिना सदस्य रहेका छन्।

    यसैबीच, राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको सभापतिको निर्वाचन आगामी असोज ९ गते मंगलबार हुने भएको छ। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाको बिहीबारको बैठकमा सो समितिको सभापतिको निर्वाचन असोज ९ गते मंगलबार हुने जानकारी दिएका हुन्। उनले संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई सो समितिको सभापतिको निर्वाचन कार्यतालिका सार्वजनिक गर्न पनि निर्देशन दिएका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]