समाज : सुरक्षा/अपराध

आपसी विवादमा कुटपिट गरी  हत्या, पाँच पक्राउ
SHARES

असोज ४, २०७५

    नवलपरासी : नवलपरासी पूर्वको विनयीत्रिवणी गाउँपालिकामा बिहीबार  एकजनाको हत्या भएको छ। विनयी त्रिवेणी गाँउपालिका १ मा रहेको बाग्लुङ कालिका क्रसर उद्योगभित्र आपसी विवाद भएर झगडा हुँदा विनयी त्रिवेणी गाउँपालिका दुईका २५ वर्षीय रुपेश महत्तोको हत्या भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी लीलाराज लामिछानेले बताए।

    हत्यामा संलग्न भएको आरोपमा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही ठाउँका २२ वर्षीय सुरज काउचा मगर, ३४ वर्षीय सन्तोषबहादुर थापा,  १९ वर्षीय सागर थापा, १९ वर्षीय मनोज जंग कट्टेल र २२ वर्षीय दिपेन रोक्का रहेका छन्।

    सुरज काउचा मगर र मृतक महत्तोबीच बुधबार दिउँसोदेखि नै विवाद भएको र राति मगरसहित गएका ५ जनाले कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ। कुटपिटबाट गम्भीर घाइते भएका महत्तोलाई स्थानीयले उद्धार गरी मध्यविन्दु सामुदायिक अस्पताल डण्डामा ल्याए पनि उपचारका क्रममा मृत्यु भएको हो।  घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]