मनोरञ्जन

'अनुराग'को 'तिम्रो स्वरमा स्वर' गीत रिलिज
SHARES

असोज ४, २०७५

    काठमाडौं : असोज १२ प्रदर्शनमा आउने फिल्म 'अनुराग'को नयाँ गीत रिलिज भएको छ। बिहिबार युट्युबमार्फत रिलिज गरिएको ‘तिम्रो स्वरमा’बोलको गीतमा प्रताप दासको स्वर सुन्न सकिन्छ।

    सत्यराज एसआरसीको शब्द समावेश उक्त गीतमा सरोज पोख्रेलले संगीत भरेका छन्। भिडियोमा फिल्मका मुख्य कलाकार समुन्द्र पण्डित फिचरिङ छन्। जहाँ उनी एक कन्सर्टमा गीत गाईरहेको देख्न सकिन्छ।

    सत्यराज चौलगाईंको निर्देशनमा तयार भएको 'अनुराग'मा समुन्द्र पण्डित र एलिजा गौतमको मुख्य भूमिका रहेको छ। सांगीतिक प्रेमकथामा आधारित फिल्ममा एलिजा र समुन्द्र‍सँगै सरोज खनाल, रूपा राना, राजाराम पौडेल, शिशिर रानालगायतको अभिनय रहेको छ।

    पत्रकार ऋषि धमला प्रस्तुतकर्ता रहेको यस फिल्ममा एलिजा गौतम, भरत गौतम र गीता भेटवालको संयुक्त लगानी रहेको छ। फिल्ममा किरण दाहालको कथा, सत्यराज चौलागाईं र आगत केसीको पटकथा तथा संवाद छ। रामकुमार केसीले खिचेको फिल्मलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन्।

    हेर्नुहोस् गीत :

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]