समाज

सुर्खेतमा छुट्टाछुट्टै दुर्घटनामा ६ घाइते
SHARES

असोज ४, २०७५

    सुर्खेत : सुर्खेतमा भएका छुट्टाछुट्टै घटनामा ६ जना घाइते भएका छन्। वीरेन्द्रनगरको महिला प्रशिक्षण केन्द्रनजिकै मुख्य सडकमा मोटरसाइकल र ट्याक्टर ठोकिँदा चारजना घाइते भएका छन्। मंगलढी चौकतर्फ आउँदै गरेको भे६प ६०७२ नम्बरको मोटरसाइलकलाई भे १ त ८४९२ नम्बरको ट्याक्टरले ठक्कर दिँदा चारजना घाइते भएका हुन्। घाइते हुनेहरुमा बोदेबरसाइन नगरपालिका–१० सत्तरी जिल्लाका ४५ वर्षीय हरिनन्द अधिकारी, सोही ठाउँका ३२ वर्षीय रामप्रवेश दास, ४० वर्षीय राजकुमार दास र १७ वर्षीय राजु चौधरी छन्।

    घाइतेको स्थानीय माया नर्सिङ होममा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक हरि बिसीले जानकारी दिए। उनका अनुसार ठक्कर दिने ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    यसैगरी, वीरेन्द्रनगर–११ को सुब्बाकुना मोडमा अटोलाई एम्बुलेन्सले ठक्कर दिँदा एकजना घाइते भएका छन्। नेपालगञ्जतर्फ जाँदै गरेको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालतको बा२झ ३०९३ नम्बरको एम्बुलेन्सले विपरीत दिशाबाट आउँदै गरेको भे१ह २८९३ नम्बरको अटोलाई ठक्कर दिएको हो।

    अटोमा सवार भेरीगंगा–१२ बस्ने १६ वर्षीय सुजन रामजाली घाइते भएको सुर्खेत प्रहरीले जनाएको छ। उनको स्थानीय देउती नर्सिङ होममा उपचार भइरहेको छ।

    यता, पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका–२ धाबमा भीरबाट लडेर ५० वर्षीय बेलबहादुर खाँण गम्भीर घाइते भएका छन्। स्थानीय पुरानो गाउँ जाने क्रममा १० फिट अग्लो भीरबाट खाँण खसेको प्रहरीको भनाइ छ। उनको हाल मेहलकुना अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]