|

काठमाडौं : प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले सरकारसँग 'बार्गेनिङ' गर्ने ढंगले दोहोरो माग नराख्न व्यवसायीलाई आग्रह गरेका छन्। व्यवसायीले अनावश्यक माग राेखेर सरकारसँग बार्गेनिङ गर्न खोजेको भन्दै यस्तो नगर्न आग्रह गरेका हुन्।

'तपाईहरू (निर्माण व्यवसायी) कति मागहरू बार्गेनिङका लागि राखेको देखिन्छ' नेपाल निर्माण व्यवसायी महासंघको ११ औँ महाधिवेसनमा प्रधानमन्त्री ओलीले भने 'सहमतिमा बस्दा एउटा छोड्ने एउटा पूरा गर्ने जसरी हामी अघि बढ्दैनौँ।'

प्रधानमन्त्री ओलीले जानाजान गल्ती गर्नेमाथि पनि कारबाही नगर भन्ने माग व्यवसायीका हितबाहेक अरू केही नहुने बताए। उनले मुलुक निर्माणको अभिभारा निर्माण व्यवसायीको काँधमा आएको पनि बताए। 'व्यवसायीहरूका जायज मागका विषयमा छलफल गर्न सरकार जहिले पनि तयार छ' प्रधानमन्त्री ओलीले भने।

व्यवसायीहरूका मागबमोजिम भूकम्प तथा नाकाबन्दीका कारण सम्पन्न हुन नसकेको परियोजनाहरूको म्याद थप गर्न सरकार तयार रहेको प्रधानमन्त्री ओलीले बताए। उनले अनुचित ढंगको लाभ नलिन सम्बन्धित पक्षको ध्यानाकर्षण समेत गराएका छन्। 'अब निर्माण क्षेत्रमा रहेको म्याच फिक्सिङ, सिण्डिकेट तथा कार्टेलिङ सबै अन्त्य गरिनेछ ' उनले भने। 

सरकार जनाताले अनुभूति गर्ने काम गर्न चाहेकोले व्यसायीसँग सहकार्य गरेर काम गर्ने बताए।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष विष्णुभाइ श्रेष्ठले व्यवसायीमैत्री ऐन कानुनको अभावमा व्यवसायीहरूले गुणस्तरीय काम गर्न नसकेको बताए। उनले सरकारले आर्थिक वर्ष सकिने मिति सार्नको लागि समेत आग्रह गरेका छन्। अहिले साउन १ गतेबाट आर्थि वर्ष सुरु हुने गरेकोको बैशाख १ बाट आर्थिक वर्ष सुरु हुने गरी आर्थि वर्ष बनाउनु पर्ने बताए।

उनले निर्माण अवधिको सम्झौता गर्दा पहाडमा असार साउन र भदौ गरी तीन महिना र हिमालमा पुस, माग र फागुन गरी तीन महिनाको समय गणना नगर्नसमेत आग्रह गरेका छन्।

पूर्वमन्त्री बालकृष्ण खाँडले निर्माण व्यवसायीहरुको योगदानबिना समृद्ध राष्ट्रको परिकल्पना नहुने भएकोले व्यवसायिक मर्यादा कायम राखेर काम गर्न आग्रह गरे।  पूर्वमन्त्री विक्रम पाण्डेले गुणस्तरीय काम नहुनुमा व्यवसायीको मात्र दोष नरहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.