|

काठमाडौं : सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रधानन्यायाधीशमा अस्वीकृत न्यायाधीश दीपकराज जोशीलाई महाभियोग लगाउने तयारी थालेको छ। महाभियोगका लागि नेकपाले सांसदहरूसँग हस्ताक्षर संकलन गरिरहेको छ। नेकपा संसदीय दलको कार्यालयमा उपस्थित सांसदहरुलाई खाली पानामा हस्ताक्षर गराइएको एक सांसदले जानकारी दिए।

उनका अनुसार हस्ताक्षर अभियानको नेतृत्व नेकपाका उपनेता सुवास नेम्वाङले गरिरहेका छन्। यद्यपि, जोशीसँग अनौपचारिक ढंगले कुराकानी भइरहेको पनि स्रोतले बताएको छ। उनलाई राजीनामा दिन दबाब दिइएको छ। राजीनामा दिएर स्वैच्छिक रूपमा बाहिरिए महाभियोग भोग्नुनपर्ने उनलाई सुझाव दिइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.