|

दाङ : प्रहरीले दाङमा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङले पेस्तोलसहित एक जनालाई पक्राउ गरेको जानकारी दिएको हो। कार्यालयले बिहीबार पत्रकार सम्मेलन गरेर पक्राउ परेकालाई सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १२ का २१ वर्षीय जुनकुमार बुढा रहेका छन्। असोज २ गते बुढालाई घोराही १३ बाट पेस्तोलसहित पक्राउ गरिएको प्रहरी उपरिक्षक कृष्णहरि शर्माले बताए।

त्यस्तै जिल्ला प्रहरी कार्यालय दाङले ईमोमार्फत चिठ्ठा पर्‍यो भनेर गठी गर्ने दुई जनालाई पनि पक्राउ गरेको छ। ईमोमार्फत् २५ लाख भारतीय रुपैयाँ चिठ्ठा पर्‍यो भन्दै विभिन्न व्यक्तिलाई ठगेको अभियोगमा दुई जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो।

चिठ्ठा परेको भ्रम छर्दै एक लाख २५ हजार रुपैयाँ आईएमीमार्फत् रकम बुझेको अभियोगमा नवलपरासी सुस्ता गाउँपालिका ४ निवासी ३१ वर्षीय पूरणबहादुर खवास र सोही ठाउँ निवासी खवासका साथी बुढेस विनलाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख शर्माले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.