|

ताप्लेजुङ : सवारी चालक तथा यातायात मजदुरले तीनदिनदेखि गरेको सवारी हड्ताल ताप्लेजुङका लागि भने खुला हुने भएको छ। जिल्ला प्रशासन कार्यालयमा बिहीबार यातायात व्यवसायी, मजदुर र प्रमुख जिल्ला अधिकारीबीच भएको सर्वपक्षीय छलफलमा हड्ताल नगर्ने सहमति भएको हो।

छलफलमा सहभागी व्यवसायी र मजदुर ताप्लेजुङमा जारी बन्द खुलाउन सहमत भएको प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए। सवारी चलाएका बेला दुर्घटना भइ कसैको मृत्यु भए चालकले पाउने सजाय सामान्य परिवर्तन मात्रै गरिएको छ। पहिलाभन्दा ठूलो फरक छैन भन्ने बुझेपछि व्यवसायी र चालक सवारी साधन चलाउन सहमत भएका छन्।

सर्वपक्षीय छलफलले यातायात व्यवसायी, सवारी चालक तथा सहचालकले कानुन संशाेधन हुनुपर्ने लगायतका मागहरू ज्ञापन पत्रमा उल्लेख भएका विषयलाई सम्वन्धित निकायमा लेखी पठाएको, ताप्लेजुङमा हुने सवारी दुर्घटनालाई न्यूनीकरण गर्न सवै पक्षले वस्तुनिष्ट र व्यवहारिक हुन प्रयास गर्ने, सवारी पार्किङका विषयमा नगरपालिकाले गरेको निर्णयलाई कार्यान्वयन गर्ने र चालकले मंगलबारबाट सुरु गरेको वन्दलाई आजबाट नै तोडी सवारी साधन सञ्चालन गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी भण्डारीले जानकारी दिए।

छलफलमा सहभागी यातायात व्यवसायी क्षितिज सुनुवारले चालकलाई पहिलाको भन्दा धेरै फरक पार्ने गरी कानुन संशोधन नभएको भन्ने बुझेपछि तथा ताप्लेजुङको हकमा स्थानीय समस्यालाई समाधान गर्ने सम्वन्धित निकायले सहमति जनाएपछि हड्ताल खुला गर्न व्यवसायी सहमत भएको बताए। यसैबीच सुनुवारका अनुसार नजिकिँदै गरेको चाडपर्व र पूर्व कै प्रसिद्ध तीर्थस्थल पाथिभरा मन्दिरमा दर्शन गर्ने दर्शनार्थीको चाप बढ्ने सिजन सुरु भएकाले हट्ताल खुला गरेको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.