|

सुनसरी : सुनसरीका स्थानीय तहका जनप्रतिनिधि र सुरक्षाकर्मीलाई यौन शिक्षा दिइएको छ। शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको संयोजनमा यौनिकता शिक्षासम्बन्धी दुई दिने अन्तरक्रियामा उनीहरूलाई यौन शिक्षा प्रदान गरिएको हो।

अन्तरक्रियामा इनरुवा नगरपालिका तथा देवानगन्ज गाउँपालिकाका       जनप्रतिनिधि, सुरक्षा निकायका अधिकृत तथा शिक्षकगरी ४५ जना सहभागी थिए। इनरुवा नगरपालिकाकी उपप्रमुख जमुना गौतम पोखरेलसहित २९ महिला सहभागी रहेको सो कार्यशालामा त्रिवि शिक्षण अस्पताल काठमाडौंका चिकित्सक शिक्षक खेम कार्कीले सहजीकरण गरेका थिए।

कार्यक्रम संयोजक सोममणि कोइरालाका अनुसार सानो उमेरमा यौन सम्पर्क गर्दा हुने हानीबारे जानकारी गराउँदै सार्वजनिक बहसका लागि वातावरण बनाउन जनप्रतिनिधि तथा सुरक्षा निकायका प्रतिनिधिलाई यौनिकतासम्बन्धी विशेष जानकारी गराइएको हो।

समाजबाट बलात्कार, यौन अपराध तथा महिला हिंसाका घटना न्यूनीकरण गर्न यौन तथा यौनिकता शिक्षाबारे भूइँ तहमा बहस अघि बढाउने राष्ट्रिय चिकित्सा नीति नै रहेको सहजकर्ता डाक्टर कार्कीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.