|

हेटौंडा : माधवराज सुमार्गी ट्रष्टले प्राविधिक शिक्षा सञ्चालनको लागि अार्थिक सहयोग गरेको छ। ट्रष्टका उपाध्यक्ष तथा उद्योगपति अरुणराज सुमार्गीले बिहीबार मकवानपुरको भीमफेदीमा रहेको महेन्द्र माध्यमिक विद्यालयलाई ५१ हजार ५५५ रुपैयाँ सहयोग गरेका हुन्।

विद्यालयको हिरक महोत्सव तथा भूतपूर्व विद्यार्थी पुनर्मिलनको अवसरमा प्राविधिक शिक्षा सञ्चालनको लागि भएको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा ट्रष्टको तर्फबाट उपाध्यक्ष सुमार्गीले सहयोग हस्तान्तरण गरेका छन्। उनले आफू भिमफेदीकोे विकास कार्यको लागि सहयाोग गर्न सधैँ तयार रहेको बताउँदै सो विद्यालयमा आफ्ना पिता माधवराज सुमार्गीले पनि अध्ययन गरेको हुँदा सहयोगका लागि अझ प्रेरित भएको बताए। 

नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य समेत रहेका सुमार्गीले शिक्षा नै विकासको आधार भएकाले शैक्षिक विकासको लागि सहयोग रकम सदुपयोग हुने विश्वास व्यक्त गरे। कार्यक्रममा सुमार्गीकी धर्मपत्नी अंकिता सुमार्गी र भिमफेदी गाउँपालिकाकी उपाध्यक्ष पार्वती रानाको समेत उपस्थिति रहेको थियो।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.