|

इलाम : सवारी तथा यातायात व्यवस्था ऐन २०४९ सशोधन २०७४ को विरोधमा स्वस्फूर्त रुपमा भएको बन्द इलाममा खुलेको छ। जिल्ला प्रशासन कार्यालय इलाम, यातायात व्यवसायी, कानुन व्यवसायीबीचको वार्तासगैँ ४ दिनबाट चल्न नसकेको सवारी साधन विहीबार दिउँसोबाट संचालनमा आएको हो। 

कानुनको सशोधनले व्यवसायी तथा मजदुरहरू अन्यायमा परेकाले यातायात व्यवसायी, यातायात मजदुरको असोज एक गतेबाट भएको बन्दले जनतामा परेको असरलाई मध्यनजर गरी इलाममा भने वार्ता पश्चात अनिश्चितकालीन बन्दको छलफलका मााध्यमबाट यातायात व्यवसायीले बन्द सुचारु गर्नेमा सहमत भएका हुन्।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले यातायात चालकहरूमा संशाेधन गरिएको कानुनको विषयमा गलत बुझाइ रहेकाले जिल्ला प्रशासन कार्यालयमा कानुनको बारेमा स्पष्ट पारेपछि यातायात सुचारु भएको बताए। छलफलपछि सवारीसाधन चालकलाई असर नपर्ने गरी सशोधन गरिएको र यसले पहिले अहिलेमा खासै असर नदेखिने भएकाले इलाममा सवारीसाधन बन्द नगर्नेमा सहमत भएको हो।

छलफलमा यातायात व्यवसायी, मजदुरबीच सवारी चलाउँदा हुने दुर्घटनाबाट कसैको मृत्यु भएमा चालकले पाउने सजायमा सामान्य मात्र परिवर्तन भएको बुझेपछि सवारी साधन सञ्चालन हुनेमा सहमति भएको तिम्सिनाले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.