|

काठमाडौं : सरकारले वैदेशिक भ्रमणमा नियन्त्रण गरेको बताइरहँदा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्द शाक्य सरकारी खर्चमा श्रीमती लिएर अमेरिका गएका छन्।

महानगरमा सुधारका काम नगरेको भन्दै आलोचना खेप्दै आएका शाक्य सडकभर डंगुर फोहोर छाडेर पत्नी सुचितासहित अमेरिका लागेका हुन्। उनको भ्रमण टोलीमा नौ सदस्य छन्। १० दिने भ्रमण तालिका छ।

सरकारी पदमा रहेका व्यक्तिको अनावश्यक विदेश भ्रमण रोक्न कडाइ गरेको भनेको सरकारले सामान्य अवलोकन भ्रमणमा नगरप्रमुखलाई श्रीमतीसहित जान भने स्वीकृति दिएको छ।अवलोकन भ्रमण भन्दै नगरप्रमुख शाक्य जम्बो टोली लिएर अमेरिका गएकोमा महानगरभित्रै असन्तुष्टि चुलिएको खबर नयाँ पत्रिका दैनिकले छापेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.