|
फाइल फोटो

काठमाडौ : नेकपाको राजनीतिक र संगठनात्मक निर्णयकर्ता नेता फुर्सदमा छन्। पार्टीले ठोस जिम्मेवारी तय नगर्दा नेताहरू फुर्सदिला बनेका हुन्।

अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ, नेकपाको विधानमा केन्द्रीय सचिवालयले केन्द्रीयस्तरका कार्ययोजना, कार्यक्रम र कार्यसूची तयार पार्ने र स्थायी समितिबाट निितगत निर्णय गर्ने व्यवस्था छ। तर पार्टीको  तल्लोतहका एकता प्रक्रिया र केन्द्रीय विभागको फर्मेसन नहुँदा स्थायी समितिमा रहेका नेता नै बेरोजगार छन्।

स्थायी समितिलाई नीतिगत निर्णय लिने निकाय मानिन्छ। नेकपाका निर्णय प्रक्रिया अहिले दुई अध्यक्षमा केन्द्रित छ। बिहीबार पनि दुई अध्यक्षबीच एकता प्रक्रिया टुंगो लगाउने र नेतृत्व बाँडफाँडमा केन्द्रित रहेर छलफल भयो। 

नौ सदस्यीय सचिवालयका नेताले जिम्मेवारी पाए पनि स्थायी समितिका नेता भूमिकाविहीन छन्। जिजम्मेवारी तय नहुँदा सरकारमा रहेका नेता सरकारमै र केन्द्र तथा प्रदेश संसदमा रहेका संसदीय भूमिकामै सीमित छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.