|

काठमाडौं : प्रतिनिधिसभाका १० विषयगत समितिमा ६ महिला सभापति निर्विरोध निर्वाचित भएका छन्। 

सबै समितिका सभापति पदका लागि एकल उम्मेदवारी परेको थियो। बिहिबार समितिहरुमा एकल उम्मेदवारी दर्ता भयो। प्रतिनिधिसभामा जेनतेन ३३ प्रतिशत महिला सहभागिता भए पनि मिनी ससद मानिने संसदीय समितिमा भने बहुमत महिला नेतृत्वमा आएका छन्। 

१० समिति मध्ये ६ मा  महिला सभापति हुने पक्का भएको हो। निरु पाल महिला तथा समाजिक समिति, पूर्णकुमारी सुवेदी कृषी सहकारी तथा प्राकृतिक स्रोत, पवित्रा निरौला अन्तर्राष्ट्रिय सम्बध समिति, शशी श्रेष्ठ राज्यव्यवस्था तथा सुशासन समिति, कल्याणकुमारी खड्का विकास तथा प्रविधि समिति तथा शिक्षा तथा स्वास्थ्य समितिमा जयपुरी घर्ती रहेका छन्। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.