|

अफगानिस्तानले एसियाकपमा सनसनिपूर्ण प्रदर्शन जारी राखेको छ। आफ्नाे समूहमा शतप्रतिशत जित निकाल्ने क्रममा बिहिबार बंगलादेशलाई १ सय३६ रनको फराकिलो अन्तरले पराजित गर्यो।

आबुधावीस्थित शेख जायद स्टेडियममा अफगानिस्तानले दिएको २५६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको बंगलादेश ४२ ओभर १ बलमा अलआउट हुँदै ११९ रनमा समेटियो।

जितसँगै अफगानिस्तान समूह बिको विजेता बन्दै सुपर चारमा प्रवेश गरेको छ। अफगानिस्तानले २ खेलबाट ४ अंक जोड्यो। अफगानिस्तानले पहिलो खेलमा श्रीलंकालाई हराएको थियो।  २ अंक जोडेको बंगलादेश उपविजेता बन्दै सुपर चारमा पुग्यो। यस समूहबाट श्रीलंका दुवै खेल गुमाएर समूह चरणबाट बाहिरियो।

अफगानी बलरसामु बंगलादेश निरीह देखियो। बंगलादेशका शाकिब अल हसनले ३२ रन जोड्दा ममुदउल्लाहले २७ रन जोडे । उसका मोसाडेक हुसेनले अविजित २६ रन बनाउनु बाहेक अन्यको प्रदर्शन सम्झन लायक रहेन्। अफगानिस्तानका मुजिब उर रहमान,गुलाबदीन नाइब र राशिद खानले समान २–२ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले पुरै ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५५ रन जोडेको थियो । अफगानिस्तानका लागि हस्मतुल्लाह साहिदीले सर्वाधिक ५८ रनको अर्धशतकीय इनिङस खेले।

त्यस्तै जन्म दिनमा राशिद खानले ५७ रनको योगदान दिए। २० बर्ष पुगेका राशिदले ३० बलमानै अअर्धसतक पुरा गरेका थिए। उनले  ३२ बलमा ५७ रन बनाएर अविजित फर्किए।  यस्तै  गुलाबदिन नाइबले अविजित ४२ रन जोडे। बंगलादेशका शाकिब अल हसनले ४ विकेट लिए ।

अब अफगानिस्तानले सुपर चारको पहिलो खेलमा पाकिस्तानसंग खेल्नेछ। यस्तै बंगलादेशले भारतसंग खेल्नेछ। सुपार चार राउन्डरोविनका आधारमा हुने भएकाले शीर्ष चारमा पुगेका सबैले सबैको सामना गर्नु पर्ने छ । शीर्ष दुईमा रहने टिमले उपाधिका लागि प्रतिष्पर्धा गर्ने छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.