|

धनकुटा : जिल्लाको महालक्ष्मी नगरपालिकामा अरुण नदीमा एक जना महिला बेपत्ता भएकी छन्। बेपत्ता हुनेमा महलक्ष्मी नगरपालिका ५ रामबजारकी ६१ वर्षीया शुककुमारी राई रहेको प्रहरीले जनाएको छ।

घरबाट बिहीबार बिहान ५ बजेतिर घरमा कसैलाई नसोधी निस्किएकी राईको घररपरिवारले खोजतलासी गर्दै जाँदा अरुण नदीस्थित आपँडाडामा बेलुका ६ बजेतिर नदीको किनारमा टर्चलाइट र हरियो रंगको चप्पल, घडी, पैसा बोक्ने थैली भेएिकाले नदीमा डुबेर मृत्यु भएको हुन सक्ने आशंका धनकुटा प्रहरी प्रमुख एसपी सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए।

घटनास्थलमा प्रहरी सहायक निरीक्षकको नेतृत्व टोली खटाई खोजतलास गर्दा केही फेला नपरेको र जिल्ला प्रहरी कार्यालय सुनसरीसँग समन्वय गरि नदीमा फेला परेमा खबर गर्न अनुरोध गरिएको प्रहरी प्रमुख गुरुङले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.