|

भारत र पाकिस्तानका विदेशमन्त्रीले अमेरिकामा हुने संयुक्त राष्ट्रसंघको महासभा बैठकपछि भेटवार्ता गर्ने भएका छन्। सन् २०१५ पछि दुई देशका विदेशमन्त्रीले न्यूयोर्कमा भेटवार्ता गर्न लागेका हुन्। 

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविकुमारले दुई देशका विदेशमन्त्रीको भेटवार्ता हुने पुष्टि गरेका छन्। विदेश मन्त्रालयको साप्ताहिक पत्रकार सम्मेलनमा बोल्दै भारतीय विदेश मन्त्रालयका प्रवत्ता रविकुमारले यसबारेमा पुष्टि गरेका हुन्। 

पाकिस्तानी विदेशमन्त्री शाह मोहम्मद कुरेनीले यस अघि भारतलाई पत्र पठाउँदै न्यूयोर्कमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गर्ने जनाएका थिए। पत्रकार सम्मेलनमा प्रवत्ता कुमारले न्यूयोर्कमा दुई देशका विदेशमन्त्रीबीच भेटवार्ता हुने र यसमा कुनै पनि एजेन्डा नभएको समेत जानकारी गराएका थिए।

‘आतंकवादका बारेमा हाम्रो नीतिमा कुनै परिवर्तन भएको छैन् यो नै भारत पाकिस्तानबीचको वार्ताको सुरुवात हाेइन।’ सन् १९९८ भारतका तत्कालीन प्रधानमन्त्री स्वर्गीय अटलबिहारी बाजपेयीको पालमा दुई देशबीच वार्ता सुरु भएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.