|

काठमाडौंः प्रतिनिधिसभा अन्तरगतको अन्तराष्ट्रिय सम्बन्ध समितिको सभापतिमा पवित्रा निरौंला (खरेल) निर्विरोध निर्वाचित भएकी छिन्। अन्तराष्ट्रिय सम्बन्ध समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले सभापतिमा समितिकी सदस्य निरौंलालाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो। एक जनाको मात्रै उम्मेदवारी परेकाले निरौंलालाई निर्विरोध सभापतिमा चयन गरिएको समितिका जेष्ठ सदस्य दिव्यमणि राजभण्डारीले जानकारी दिए।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद खरेलले सभापतिमा निर्विरोध निर्वाचित भएपछि सबै दलको सहकार्यमा समितिलाई अघि बढाउने प्रतिवद्धता व्यक्त गरे। उनले परराष्ट्र मामिलाका जानकार नेताहरु रहेको समितिको सभापति भएकाले आफूलाई कार्य सम्पादन गर्न सहज हुने धारणा पनि राखिन्। 

नेपालको परराष्ट्र नीतिलाई पञ्चशिलको सिद्धान्त अनुसार अघि बढाउन पहल गर्ने नवनिर्वाचित सभापति निरौलाको योजना छ। अन्तराष्ट्रिय सम्बन्ध समितिमा २५ जना सदस्य रहेका छन्। ती सबै सदस्यहरुसँग सहकार्य गरेर समितिलाई अघि बढाउने नवनिर्वाचित सभापति निरौलाको प्रतिवद्धता छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.