|

भक्तपुर : सरकारी कागज किर्ते गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। मोही जग्गा बाँडफाँड सिफारिस र अदालतको कोर्ट फि रसिदमा किर्ते गरेको अभियोगमा भक्तपुर नगरपालिका-२ व्यासी वस्ने ४१ वर्षीय नरेशमान सिल्पकारलाई पक्राउ गरेको हो।

ललितपुर जिल्ला ललितपुर उपमहानगरपालिका-१० वस्ने सर्वज्ञभक्त मल्लले चाँगुनारायण नगरपालिका-८ को वडा कार्यालयमा मोही जग्गा बाँडफाँड सिफारिस बापतको रसिद र भक्तपुर जिल्ला अदालतको कोर्ट फिको रसिदमा किर्ते गरेको जाहेरी दिएको आधारमा उनलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए।

यस विषयमा किर्तेसम्बन्धी ऐनअन्तर्गत थप अनुसन्धान भइरहेको सूचना अधिकृत पोखरेलले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.