|

भारतीय अभिनेता अक्षय कुमारले एसिडपीडित युवतीलाई पाँच लाख रुपैयाँ सहयोग गर्ने भएका छन्। अक्षयले एसिड आक्रमबाट पीडित बनेकी लक्ष्मी अग्रवाललाई सो रकम सहयोग गरेका हुन्।

एसिडपीडित लक्ष्मीले भारतीय सञ्चार माध्यमलाई दिएको अन्तर्वार्तामा आफूले दैनिक खर्च जुटाउन नसकेको बताएकी थिइन्। उनले अन्तर्वार्ताका क्रममा आफ्नो छोरीलाई खुवाउनका लागि अन्नसमेत नभएको र आफूले अहिलेसम्म कहीँकतै रोजगारी पनि नपाएको बताएकी थिइन्।

त्यसलगत्तै अक्षय कुमारले उनलाई पाँच लाख भारतीय रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन्। उनले घरभाडा, छोरीको खर्च र रोजगारी खोज्नका लागि सहयोग पुगोस् भनेर उक्त रकम दिने लागेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्।

'लक्ष्मीले आफ्नो घरको भाडा, छोरी खर्च र रोजगारी खोज्न सकुन भनेर सहयोग गरेको हुँ', उनले भने 'मेडल, अवार्ड र सर्टिफिकेटले पेट र भाडा तिर्न मद्दत गर्दैनन्। यदि हामीहरूले मद्दत गर्नु छ भने थोरै प्राक्टिकल भएर सोच्नुपर्छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.