|

काठमाडौंः उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन सबै पक्ष लाग्नुपर्नेमा जोड दिएका छन्।

संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष समेत रहनु भएका उपप्रधानमन्त्री यादवले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर हुन नदिन दलहरुबीच निरन्तर छलफलको आवश्यक्ता पनि औंल्याए।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मुलुकलाई सही बाटोमा अघि बढाउन राजनीतिक दलहरुबीच व्यापक अन्तरसंवाद हुनुपर्ने पनि स्पष्ट पारे।

उपप्रधानमन्त्री यादवले मुलुकमा विद्यमान विकृति अन्त्य नगरे मुलुक  अनिश्चयको भूमरी फस्ने दावी पनि गरे। उनले संघीयतालाई असफल बनाउने प्रयास भईरहेको भन्दै चिन्ता पनि व्यक्त गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.