|
फाइत फोटो

तान्जानियामा रहेको अफ्रिकाको ठूलो ताल भिक्टोरियामा भएको एक डुंगा दुर्घटनामा कम्तीमा एकसय जनाको मृत्यु हुनको साथै अन्य दर्जनौ बेपत्ता भएका छन्।

तान्जानियाका उद्धारकर्ताहरूले शुक्रबार सो दुर्घटना भएको जानकारी दिएका छन्। बेपत्ताहरूको खोजीकार्य सुरु गरिएको र उनीहरूको जीवितै उद्धारका लागि प्रयास जारी रहेको तान्जानियाको सरकारी सञ्चारमाध्यमले जानकारी दिएको छ।

यहाँको उकारा द्वीपनजिकै बिहीबार अपराह्न करिब एकसय यात्रु सवार रहेको सो डुंगा दुर्घटना भएको थियो। दर्जनौँको संख्यामा बेपत्ता रहेका व्यक्तिले ज्यान गुमाउने डर भएको उकेरेवे जिल्ला परिषदका प्रमुख जर्ज न्यामाहाले चिन्ता व्यक्त गरेका छन्।

क्षेत्रीय गभर्नर जोन मोङगेल्लाले यस दुर्घटनमा परी करिब एकसय जनाको मृत्यु भएको र अन्य ३७ जनालाई उद्धार गरिएको बताए। यद्यपी उद्धार गरिएकाहरूमा पनि केहीको अवस्था चिन्ताजनक भएको जोनले बताए।

तान्जानियाको सरकारी निकायका अनुसार यस डुंगामा कति व्यक्ति सवार रहेका थिए भन्ने प्रष्ट भएको छैन। डुंगा दुर्घटनाको कारण हाल प्रष्ट नभएको तर यसप्रकारको दुर्घटनामा बारम्बार क्षमता भन्दा बढी नै व्यक्ति रहने गरेका कारण नै हुने गरेको सम्बन्धित अधिकारीहरुले दाबी गरेका छन्। करिब ७० हजार वर्ग मिलोमिटर क्षेत्रफल रहेको यो भिक्टोरिया ताल अण्डाकारमा रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.