|

बैतडी : बिहीबार राती परेको पानीले सडक माथिवाट पहिरो खस्दा अवरुद्ध भएको महाकाली राजमार्ग सुचारु भएको छ।

बैतडीको सतबाँझ-गोकुलेश्वर सडकखण्डको डिलाशैनी गाउँपालिका ६ बांगाबगरमा पहिरो खसेर अवरुद्ध भएको राजमार्ग आज मध्यान्हपछि सुचारु भएको  जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता प्रहरी निरीक्षक कान्तिराज जोशीले बताए। 

पाटनबाट गएको डोजर पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको हो। अवरुद्ध राजमार्ग सुचारु भएपछि  छोटो तथा लामो दूरीका सवारी साधन आआफ्नो गन्त्व्यतिर लागेका प्रहरीले जनाएको छ। उक्त क्षेत्रमा बेलाबेलामा खसिरहने पहिरोले राजमार्ग अवरुद्ध हुँदै आएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.