विश्व

तातो हावाले फ्रान्समा १५०० जनाको मृत्यु
SHARES

प्रतीकात्मक फोटो
असोज ५, २०७५

    अति उच्च तापक्रम तथा तातो हावाका कारण फ्रान्समा अहिलेको गर्मी याममा मात्रै एक हजार पाँच सयभन्दा बढीको मृत्यु भएको छ।

    मृत्यु भएका मध्ये अधिकांश जेष्ठ नागरिक रहेको फ्रान्सका स्वास्थ्य मन्त्री अग्नेज बजिनले शुक्रबार जानकारी दिए। यद्यपि तातो हावाका कारण यसबर्ष मृत्यु हुनेहरुको संख्या यसअघि सन् २००३ मा मृत्यु हुनेहरूको भन्दा दश गुणा कम भएको समाचारमा जनाइएको छ।

    त्यतिबेला १५ हजारदेखि २० हजारको बीचमा मृत्यु भएको थियो। उनीहरूमध्ये अधिकांश वृद्धवृद्धा र एकल रहेका थिए। अहिलेको तथ्यांक अपेक्षाकृत नै भएको अधिकारीहरूको भनाइ छ। फ्रान्समा औसत तापक्रम २३.२ डिग्री हुनेगरेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]