पोखरा : नेपाल पत्रकार महासंघको बिहीबारदेखि जारी केन्द्रीय साधारणसभा एवम् विधान अधिवेशन महासंघको नेतृत्व प्रत्यक्ष निर्वाचन प्रणालीबाट चयन गर्ने...

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेकपाले प्रदेशको नेतृत्व छनोट गरेको केही घण्टा नबित्दै असन्तुष्टि देखिएको छ। कर्णाली प्रदेशका सचिवमा नियुक्त भएका मायाप्रसाद शर्माले थाहासंचार नेटवर्कसंग कुराकानी गर्दै सचिव पदमा नबस्ने घोषणा गरेका छन्।
शर्माले अपमानित गर्ने गरि जिम्मेवारी दिएको भन्दै केन्द्रीय सचिवालयले तोकेको जिम्मेवारीमा नबस्ने घोषणा गरेका हुन्। अहिले दिइएको जिम्मेवारी एकीकरणको मर्मअनुसार नभएको भन्दै उनले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वकीय सचिवलाई आफु सचिव पदमा नबस्ने विषयमा जानकारी गराइसकेको बताए।
बिहीबार बसेको सचिवालय बैठकले कर्णाली प्रदेशको इन्चार्जमा पूर्व माओवादी नेता जनार्दन शर्मा ‘प्रभाकर’ र सह–इन्चार्जमा पूर्व एमालेका यमलाल कँडेल र प्रदेश अध्यक्षमा पूर्व एमालेका गोरखबहादुर बोगटीलाई जिम्मेवारी दिइएको छ।
पार्टी कमिटी एकता गर्न बनेको कर्णाली प्रदेशको कार्यदलका सदस्य समेत रहेका शर्मा कर्णाली प्रदेशको अध्यक्षको आकांक्षी थिए। उनले सामाजिक संजाल फेसबुकमा पनि पद त्याग गरेको उल्लेख गरेका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।