|

उदयपुरः जिल्ला प्रहरी कार्यालय उदयपुर पक्राउ परेका नेत्रविक्रम चन्द विपल्व नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई काठमाडौं पठाउने तयारीमा छ। सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरण मुद्दाका सन्दर्भमा अदालतमा उपस्थित गराउन सरकारका नाममा आदेश जारी पत्र आएपछि पठाउने तयारी गरेको हो।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी चन्द्रदेव राईले सर्वोच्च अदालतबाट आएको पत्र उदयपुर प्रहरीले बुझेको भन्दै पठाउने तयारी गरेको बताए। ‘सर्वोच्चबाट बाटो सहितको तीन दिन म्याद भएको पत्र आएको छ,’ उनले भने, ‘शनिबार वा आइतबार दुईमध्ये एक दिन सर्वोच्चमा उपस्थिति गराउन लैजाने तयारीमा छौँ।’

उदयपुर प्रहरीले पक्राउ गरेर उदयपुर ल्याइएका प्रकाण्डलाई गएको असोज १ गते सर्वोच्चका प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले विश्वकर्मालाई अदालतमा उपस्थित गराउन आदेश दिएको थियो। गएको भदौ २९ गते सर्वोच्चकै फैसालामा छुटेका प्रकाण्डलाई उदयपुर प्रहरीले पक्राउ गरी ३० गते भदौ उदयपुर ल्याएको थियो। ३१ गते जिल्ला अदालत बयानको लागि उदयपुर प्रहरीले उपस्थिति गराएको थियो। ‘जिल्ला अदालत उदयपुरबाट ६ दिन थुनामा राखी अनुसन्धान दिन आदेश दिएको थियो,’ उदयपुर प्रहरी प्रमुख एसपी राईले भने, ‘अब सर्वोच्चको पत्र बुझेपछि सर्वोच्चमै पठाउने तयारी गरिएको छ।’

सर्वोच्च अदालतले कारण देखाउ र बन्दीलाई उपस्थिति गराउन आदेश दिएको छ। प्रकाण्डाका भाई विरेन्द्रले विकले गएकै भदौ ३१ गते पटक–पटक सर्वोच्चले छाड्न आदेश दिँदा पनि प्रहरीले नछाडेपछि गैरकानुनी थुनामा राखेको भन्दै रिट दर्ता गराएका थिए। भाइको रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृहमन्त्रालय, गृहमन्त्री रामबहादुर थापा, प्रहरी प्रधान कार्यालय नक्साल, महानगरीय प्रहरी वृत्त सिंहदरबार र डीएसपी काजीकुमार आचार्य, महानगरीय प्रहरी परिसर टेकु, उदयपुर जिल्ला अदालत, उदयपुर प्रहरी कार्यालय र प्रहरी प्रमुखलाई विपक्षी बनाइएको थियो।

गएको साउन २३ गते काठमाडौंबाट पक्राउ परेका प्रकाण्डलाई सर्वोच्च अदालतले पटक/पटक रिहा गर्न आदेश दिदैँ आएको छ। सर्वोच्चले रिहा गरेलगत्तै पक्राउ पर्ने प्रकाण्डलाई काठमाडौं, काभ्रे, नुवाकोट, भोजपुर र दाङ पर्‍याएर काठमाडौं लगरे भदौ ३१ गते उदयपुर ल्याइएको थियो। उदयपुरमा पनि बम विष्फोटको आरोप प्रकाण्डालई प्रहरीले लगाएको छ।

सरकारद्वारा गठित उच्चस्तरीय वार्ता समितिका संयोजक सोमप्रसाद पाण्डेले प्रकाण्ड को पक्राउ र रिहाइको प्रक्रियाले वार्तामा असहजता भएको बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.