|
फाइत फोटो

काठमाडौं : गृह मन्त्रालयले सुनसरीका शिक्षक खुर्शिद अन्सारीको हत्याको घटनाबारे छानबिन गर्न प्रदेश १ का प्रहरी वरिष्ठ उपरीक्षक किशोर दाहालको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको छ।

मन्त्रालयले दाहालको संयोजकत्वमा प्रहरी उपरीक्षक रेशमकुमार थन्सु, उप अनुसन्धान निर्देशक तुलसी प्रसाईं, १ नं प्रदेशका आन्तरिक मामिला मन्त्रालयका उपसचिव रवीन्द्र आचार्य सदस्य र सुनसरी जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत राजन पाण्डे सदस्य सचिव रहनेगरी समिति गठन गरेको हो।

मन्त्रालयले समितिलाई १५ दिनभित्र घटनाको विस्तृत छानबिन गरी सत्यतथ्य विवरणसहितको प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ। मन्त्रालयले घटनाको अध्ययन गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई छुट्टै अनुसन्धान टोली बनाएर अध्ययन गर्न निर्देशन दिएको छ। यसअघि बिहीबार नेपाल मुस्लिम इत्तेहाद संगठनले खुर्शिदको हत्याबारे छानबिन गर्न माग गर्दै गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाएको थियो।

मृतक खुर्शिदलाई शहीद घोषणा गर्न तथा परिवारलाई क्षतिपूर्ति उपलब्ध लगाउन मन्त्रिपरिषद्मा निर्णयार्थ प्रस्ताव पेस गरिसकेको मन्त्रालय जनाएको छ। साथै मन्त्रालयले जघन्य अपराधिक घटनाको अनुसन्धनमा कुनै कसर नराखी दोषीलाई कानुनको दायरामा ल्याइ करबाहरी गरिने मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बताए।

प्रहरीले खुर्शिदका हत्याराको खोजी कार्य तीव्र पारेको मन्त्रालयले जनाएको छ। खुर्शिदलाई बिहीबार दुईवटा मोटरसाइकलमा आएका चार जना बन्दुकधारीले गोही हानी हत्या गरेर भारतीय सीमातर्फ भागेका थिए। हत्यारालाई छेक्ने क्रममा बन्दुकधारीले प्रहरी हवल्दार शिवलाल पौडेलमाथि पनि गोली चालएका थिए। उनको अहिले उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.