|
फाइल फाेटाे

काठमाडाैं : सरकारले नेपाल प्रहरीका तीन डिआइजीलाई एआइजीमा बढुवाको सिफारिसलाई अनुमोदन गरेको छ। शुक्रबार अबेरसम्म बसेकाे मन्त्रिपरिषद् बैठकले प्रहरी अधिकारीहरूको बढुवाको निर्णय गरेकाे हाे। बढुवा सिफारिस समितिको सिफारिस अनुसार पुष्कर कार्की, ठूले राई र धिरु बस्नेतलाई एआइजीमा बढुवासँगै जिम्मेवारी पनि तोकिएको छ।

कार्कीले प्रहरी हेडक्वार्टरको कार्य तथा अपराध अनुसन्धान विभाग सम्हाल्ने छन् भने राईलाई मानव स्रोत तथा प्रशासन विभाग र बस्नेतलाई प्रहरी प्रशिक्षण प्रतिष्ठानमा जिम्मेवारी दिइएको छ।

त्यस्तै, माथिल्लो अरुण आयोजना आफ्नै स्वामित्वमा रहने गरी विद्युत प्राधिकरणको सहायक कम्पनी अपर अरुण हाइड्रो इलेक्ट्रिक कम्पनीमार्फत् बनाउने निर्णय भएको छ।

२०६९ फागुन ४ को निर्णय संशोधन गरी यस्ताे निर्णय लिएकाे सरकारका प्रवक्ता गाेकुलप्रसाद बाँस्काेटाले बताए। त्यस्तै गाेली हानी हत्या गरिएका सुनसरीका नेकपा कार्यकर्ता खुर्सिद अन्सारीलाई सहिद घोषणा गर्दै परिवारलाई १० लाख राहत दिने निर्णय गरेको छ।

 मन्त्रिपरिषद् बैठकले अनुसन्धान प्रतिष्ठान नामको थिंक ट्यांक समूह बनाउने निर्णय गरेको छ। जसमा प्रा.डा. चैतन्य मिश्र, डा. मिना आचार्य, प्रा. डा.राजेन्द्रध्वज जोशी, प्रा. डा. सुरेन्द्र लाभ र डा. गणेशमान गुरुङ रहने जानकारी दिइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.