|

एसिया कप क्रिकेटअन्तर्गत सुपर चारमा उपाधि दाबेदार भारतले सहज जित निकालेको छ। शुक्रबार भएको सुपर चारको पहिलो खेलमा भारतले बंगलादेशलाई सात विकेटले हरायो।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बंगलादेशले दिएको १७४ रनको लक्ष्य ३६ ओभर दुई बलमा  तीन विकेट गुमाएर पुरा गर्‍यो। भारतले उत्कृष्ट बलिङ र ब्याटिङ गरेको थियो।

भारतको जितमा कप्तान रोहित शर्माले उत्कृष्ट प्रदर्शन गरे। रोहितले पाँच चौका र तीन छक्कासहित अविजित ८३ रनको अर्धशतकीय इनिङ खेले। त्यस्तै शिखर धवनले ४० रन जोड्दा महेन्द्र सिंह धोनीले ३३ रनको योगदान दिए। बंगलादेशका शकिब अल हसन, माश्रफ मोर्टाजा र रुबेल हुसेनले समान १–१ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले ४९ ओभर एक बलमा अलआउट हुँदै १७३ रन जोडेको थियो । बंगलादेशका लागि हसन मिराजले ४२ रन जोड्दा माश्रफ मोर्टाजाले २६ रन जोडे । यस्तै मदुमुल्लाहले २५ रन बनाउँदा मुस्फिकर रहिमले २१ रन बनाए।

बंगलादेशलाई सस्तैमा समेट्न भारतका रबिन्द्र जडेजाले चार विकेट लिए। यस्तै भुवनेश्वर कुमार र जस्प्रित बुम्राहले समान तीन तीन विकेट लिए। भारतले दोस्रो खेल आइबार पाकिस्तानसँग खेल्नेछ। यस्तै बंगलादेशले अफगानिस्तानको सामना गर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.