|

सुर्खेत : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता मायाप्रसाद शर्माले नेकपा कर्णाली प्रदेश संगठन कमिटीको सचिव पदमा नरहने जनाएका छन्।

नेकपाको शुक्रबार बसेको सचिवालय बैठकले शर्मालाई कर्णाली प्रदेशको सचिवको जिम्मेवारी तोकेको थियो। तर, जिम्मेवारी पाएलगत्तै शर्माले फेसबुकमार्फत सचिव पदमा नरहने जानकारी गराएका हुन्। उनले फेसबुकमा लेखेका छन्, ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयले नियुक्त गरेको भनिएको कर्णाली प्रदेशको सचिव पदमा नरहने कुराको जानकारी गराउँछु।’

पार्टी नेतृत्वले आफूप्रति गरेको निर्णय स्वीकार गर्ने खालको नभएको भन्दै शर्माले सचिव पद अस्वीकार गरेको उनी निकटकको स्रोतले बतायो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.