|

काठमाडौै : नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान अनील गुरुङले आफ्नो करिअरमा सर्वाधिक लामो समय विताएको मनाङमर्स्याङदी क्लब छोडे। क्लबलाई धेरै उपलब्धि दिलाएका अनिल नयाँ लिगको सुरुवाती समयमा थ्रीस्टार जाँदै गर्दा नेपाली क्लबहरुमा एउटा प्रश्न उठेको छ । कीन उनीहरुले खेलाडीलाई समानपूर्वक राख्न सक्दैनन्। जाँदाजाँदै अनीलले आफू अपमान सहन नसकेको बताइरहँदा नेपाली ए डिभिजन क्लबको ब्यबसायिक्ताको प्रश्न फेरि सतहमा आएको छ।

थ्री स्टारले बिहीबार पूर्व कप्तान अनीललाई अनुबन्धन गरेको जानकारी दियो। थ्री स्टारले क्लबको जर्सीसहित अनिलको तस्विर राख्दा अनिलले आफ्ना लागि थ्रीस्टारको पुनरागमन सुखद हुने विश्वास व्यक्‍त गरे।

अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अनिलले असोज दोस्रो साताबाट सुरु हुने सहिद स्मारक एु डिभिजन लिगमा थ्री स्टारको जर्सी लगाउनेछन्। अनिलले गत नोभेम्बर १५ मा फिलिपिन्ससँगको खेलपछि राष्ट्रिय टोलीबाट औपचारिक स‌ंन्यासको घोषणा गरेका थिए।

पोखराको सहारा क्लबबाट फुटबल करियर सुरु गरेका उनले ब्रिगेट ब्वाईज, थ्रीस्टार, मनाङ मर्स्याङ्दी, न्युरोड टिम एनआरटीबाट खेलिसकेका छन्। यद्धपि उनको सर्वाधिक लामो यात्रा भने मनाङमानै रह्यो। उनले मनाङमा करिब १० वर्ष बिताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.