घाइते एक नेपालीको उपचार हुँदै

|

अमेरिको मेरिल्याण्ड राज्यको हार्डफोर्ड काउन्टीमा एक महिलाले अन्धाधुन्ध गोली चलाउँदा एक नेपाली महिलाको मृत्यु भएको छ।

उनी कास्की घर भएकी ४१ वर्षीया नेपाली महिला वृन्दा गिरी हुन्। मृतक वृन्दा श्रीमानसँग पाँच महिनाअघि  एक छोरा र एक छोरीसहित अमेरिका पुगेकी थिइन्।  

घटनामा परी ज्यान गुमाउने अन्यमा ४५ वर्षीय सन्दे एग्युडा र अर्का ४१ वर्षीय ह्यलिन रेयस रहेको मेरिल्याण्ड राज्यका प्रहरी अधिकारीहरूले जनाएका छन् ।

घटनामा एक नेपालीसहित तीन जना घाइते भएका छन्। घटनामा परी घाइते भएका नेपाली पूर्ण आचार्यको अहिले उपचार भइरहेको छ।

घटनामा नेपाली आचार्यसहित १९ वर्षिय हसन मिचेल र ४५ वर्षिय विलफ्रेर्दो भिलगेस घाइते भएका छन्। 

मेरिल्याण्डको बाल्टिमोर शहरबाट झण्डै ३५ माइल उत्तरपूर्व एवरडिनमामा रहेको राइट एण्ड कम्पनीभित्र बिहीबार एक २६ वर्षीया स्नोचिया मोस्लीले गोली चलाएकी थिइन्। उनले चलाएको गोली लागि चार जनाको ज्यान गएको थियो भने उनले आफूलाई समेत गोली हान्दा उनको समेत ज्यान गएको थियो।

गोली चलाउने ती महिला यसअघि अन्य कम्पनीका सुरक्षा गार्डको रूपमा काम गरेको अनुसन्धानबाट खुलेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.