|

काठमाडौै : कवि सौरभ कार्कीले मञ्चमा उपस्थित भएर 'एउटा नमीठो कविता' शीर्षकको कविता प्रस्तुत गरे।

'झस्को यसपालि त छातीभित्रै गढ्यो।

खै किन हो कुन्नी त्यसपछि

मलाई निर्मली र देश उस्तैउस्तै लाग्यो।'

उनको कवितासगैँ दर्शक दीर्घाबाट तालीको वर्षात सुरु भयो। कार्यक्रम थियो, 'निर्मलाका निम्ति न्याय' सडक कविता। यस्तै, अर्का कवि बाबु त्रिपाठीले 'बाफ रे बाफ' शीर्षकको कविता वाचन गरे।

ओ,
बचेखुचेका नागरिकहरू हो
तिमी चाहिँ जिब्रो बोकेर
किन अर्कै बाटो हिँडिरहेछौ ?

बलात्कार र देशमा बढ्दो दण्डहीनताविरुद्द शुक्रबार राजधानीस्थित वसन्तपुर डबलीमा लगभग डेढ दर्जन कविले कविता प्रस्तुत गरेका थिए। निर्मला पन्तको बलात्कारपछिको हत्यामा संग्लन अपराधीको पत्ता लगाएर कारबाही गर्न कविहरूले मागसमेत गरे।

बुद्धको देश भनेर चिनिने नेपाललाई पछिल्लो क्रममा बलात्कारीको देश भनेर चिनिने होकी भन्ने डर रहेको भन्दै कवि श्रवण मुकारुङले 'डराउँछु म मृत्युसित' शीर्षकको कविता वाचन गरे।कार्यक्रममा धीरेन्द्र प्रेमर्शी, विमला तुम्खेवा, मल्लीका खतिवडा, रिमा केसी,लक्ष्मी रूम्बा, विनाथिङ तामाङ, महेश पौड्याल,नवराज पराजुली,साम्राज्ञी आचार्य,सकुन्तला जोशी लगायतले निर्मलाको न्यायको पक्षमा कविता वाचन गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.