|

धनकुटा : इलाका प्रहरी कार्यालय पाख्रिबासको गस्तीमा रहेको गाडीमा ढुंगा हानेको आरोपमा प्रहरीले पाख्रिबास नगरपालिका-४ का वडा सदस्यलाई पक्राउ गरेको छ। गस्तीमा जाँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय पाख्रिबासको बा२झ २३३ नम्बरको गाडीमा पाख्रिबास नगरपालिका कार्यालयअगाडि रोकिराखेको बेलामा पाख्रिबास नगरपालिका-४ का वडा सदस्य बमबहादुर गुरुङले मादकपदार्थ सेवन गरी ढुंगा हानेको प्रहरीले जनाएको छ।

उनलाई घटनास्थलबाट तत्कालै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक सुरज खड्काले जानकारी दिए। पक्राउ परेका गुरुङलाई आपराधिक प्रवेश उपद्रव कसुरअन्तर्गत मुद्‍दा दर्ता गरिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.