|

काठमाडौं : प्रहरीले निर्मला पन्तको बलात्कार र हत्या घटनाको अनुसन्धान शैली परिवर्तन गरेको छ। घटनाको अनुसन्धान गर्न खटिएकी एसपी दुर्गासिंह चन्दले अनुसन्धानको शैली परिवर्तन गरेर निर्मलाको परिवारका सदस्यसँग एक्लाएक्लै सोधपुछ गरेकी हुन्। बिहीबार निर्मलाका बुबा यज्ञराजसँग घटनाबारे जानकारी लिएकी चन्दले शुक्रबार आमा र दिदीसँग छलफल गरेकी छन्।

घटना भएको लामो समय बितिसक्दा पनि अपराधी पत्ता नलागेपछि कञ्‍चनपुर प्रहरीलाई अनुसन्धानमा दबाब परेको छ। सरकारले पछिल्लोपटक केही दिन अघि मात्र दुर्गासिंह चन्दलाई कञ्‍चनपुर खटाएको हो। 'अहिले परिवारका सदस्य भेटेर जानकारी लिइसकेपछि हामीसँग पनि भेट्ने कुरा भएको छ।' एकजना अधिकारकर्मीले भनिन्, 'बुबासँग घरमै भेटे पनि प्रहरीले आमा र दिदीसँग घरभन्दा बाहिर भेटेको छ।'

सरकारले गठन गरेको अनुसन्धान समितिले भने पछिल्लोपटक भएको प्रगतिबारे जानकारी गराएको छैन। समितिले अनुसन्धानबारे परिवारलाई पनि कुनै जानकारी नगराएको स्रोतले जनाएको छ। पन्तको बलात्कार र हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन भएको छ। प्रदर्शनमा सहभागीहरुले कञ्‍चनपुर घटनाका दोषीलाई पक्राउ गर्न सरकारसँग माग गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.