|

काठामाडाैं : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले समाज सेवालाई औंपचारिकतामा मात्रै सीमित नराख्न सरकारलाई आग्रह गरे। 

अध्यक्ष तिमिल्सिनाले समाज सेवाको कामलाई प्रभावकारी बनाउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए। ३९ औं सामाजिक सेवा दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मन, वचन र कर्मले समाज सेवाको माध्यामबाट देश र जनताको हितमा काम गर्न पनि सबैलाई आह्वान गरे।

अध्यक्ष तिमिल्सिनाले समाज सेवाको कामलाई व्यापक बनाउन विगतबाट पाठ सिकेर अघि बढ्न पनि समाज कल्याण परिषदलाई आग्रह गरे। कार्यक्रममा बोल्दै महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले देशको ऐन, कानुन प्रतिकूल नहुने गरी समाज सेवाको काममा लाग्न सम्बन्धित निकायलाई निर्देशन दिइन्। उनले गैरसरकारी संस्थाहरूले जनताको विश्वास जित्ने गरी काम गर्नुपर्ने आवश्यक्ता पनि औंल्याइन्।

मन्त्री थापाले समाज सेवाको कामलाई प्रभावकारी बनाउन पनि मातहतका निकायलाई सचेत समेत गराइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.