|
उद्घाटन समारोहमा सम्‍बोधन गर्दै सांसद यज्ञराज सुनुवार।

ओखलढुंगा : ओखलढुंगाको लिखु गाउँपालिकामा नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गरेको छ। गाउँपालिकाको यसममा नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गरेको हो। लिखुमा सरकारी कामकाजको समेत अख्तियारी पाएको बैंकको शाखा शनिबार ओखलढुंगाका संघीय सांसद यज्ञराज सुनुवारले उद्घाटन गरे।

ग्रामीण क्षेत्रका ग्राहकहरूलाई सहज रूपमा बैंकिङ्ग सेवा पुर्‍याउने उद्देश्यले शाखा विस्तार गरिएको बैंकका शाखा म्यानेजर राम गुरुङले जानकारी दिए। शाखाबाट अबका दिनमा लिखु गाउँपालिकामा हुने सबै कारोबार नेपाल एसबिआई बैंक लिमिटेडबाटै हुने गाउँपालिकाले जनाएको छ।

ओखलढुंगामा स्थानीय तहमा काम गर्ने गरी शाखा विस्तार गर्ने बैंकमा नेपाल एसबिआई तेस्रो हो। यसअघि मोलुङ गाउँपालिकामा सनराइज बैंक र खिजिदेम्वा गाउँपालिकामा मेगा बैंकले आफ्नो शाखा विस्तार गरिसकेका छन्। जिल्लाका चम्पादेवी, सुनकोशी र चिशंखु गढीमा भने अझै बैँक पुगेका छैनन्। चम्पादेवी गाउँपालिकामा भने कृषि विकास बैंकको शाखा विस्तारका लागि तयारी भइसकेको गाउँपालिकाले जनाएको छ।

लिखुमा बैंकको शाखा स्थापना भएपछि अब सबै कारोबार गाउँपालिकाको केन्द्रबाट हुने भएकाले सहज भएको गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर पौडेलले बताए। उद्घाटन समारोहलाई सम्बोधन गर्दै जिल्लाको दुर्गम स्थानमा भएका कारण अबका दिनमा आर्थिक कारोबार गर्नका निम्ति ३ जिल्ला घुमेर जिल्ला सदरमुकाम जानुपर्ने बाध्यता हटेको ओखलढुंगाका संघीय सांसद सुनुवारले बताए। गाउँमै बैंकिङ सेवा पाउने भएपछि स्थानीयहरू पनि खुसी भएका छन्। यसअघि बैंक नहुँदा ससना कारोबार गर्न पनि तिन दिन लगाएर सदरमुकाम धाउनु पर्ने लिखुवासीको बाध्यता थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.