कुन नेता कहाँ जाने? विवरणसहित

|

काठमाडौं : नेपाली कांग्रेसको विधान मस्यौदा समितिले तय गरेको प्रारम्भिक मस्यौदाको विषयमा सातै प्रदेशका विभिन्न जिल्लाहरूबाट सुझाव संकलन गर्ने भएको छ। प्रारम्भिक मस्यौदा, समितिले सर्वसहमतिबाट पारित गरेसँगै सुझाव संकलनको लागि कार्यतालिका सार्वजनिक गरेको हो।

'सबै पक्षको राय लिएर हामीले प्रारम्भिक मस्यौदा तयार गर्‍यौँ, अब देशैभरबाट सुझाव संकलनको कार्यतालिका बनाएका छौँ' शनिबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टी महामन्त्री तथा समिति सभापति पूर्णबहादुर खड्काले भने। यसको लागि प्रदेश १ देखि ५ सम्म २/२ जिल्लामा र कर्णाली प्रदेश र प्रदेश ७ मा एक जिल्लामा भेला आयोजना गरी सुझाव संकलन गरिने समितिका प्रवक्ता रमेश लेखकले जानकारी गराए।

कांग्रेसले कुन जिल्लामा भेला राख्ने, कहिले गर्ने, संयोजन कसले गर्ने र प्रमुख अतिथिको रूपमा को जाने भन्ने विषयसमेत टुंग्याएको छ। कांग्रेसको अनुशासन समितिलाई थप अधिकारसहित तय गरिएको विधानमा जनप्रतिनिधको लागि उम्मेदवार बन्न तल्लोतहबाट निर्वाचित भएर आउने व्यवस्था मस्यौदामा गरिएको छ।

कांग्रेसले आठ तहमा संगठन विस्तार गरेको छ। जसअनुसार गाउँ टोल, वडा, पालिका, जिल्ला निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्र रहेका छन्। विधान समितिका सभापति खड्काले कांग्रेसमा अन्तर्घात कम हुनेगरी प्रारम्भिक मस्यौदा तयार गरिएको बताए।

सुझाव संकलनको लागि मस्यौदा समितिले ३/३ जनालाई जिम्मेवारीसमेत दिएको छ। भेलामा सम्बन्धित प्रदेशमा रहेका तथा विभाजन गरिकएका जिल्लाका जिल्लासभापतिहरू, क्षेत्रीय सभापतिहरू, भ्रातृसंगठनका प्रमुखहरू तथा जनप्रतिनिधिहरू, महासमिति सदस्य तथा निर्वाचन प्रतिनिधिहरूको समेत उपस्थिति रहने व्यवस्था गरेको छ।

कांग्रेसमा पछिल्लो समय बहसको रुपमा रहेको केन्द्रीय सदस्यमध्येबाट सबै पदाधिकारी सभापतिले मनोनीत गर्ने वा निर्वाचित गर्ने भन्ने विषयमा पनि सुझाव संकलन गरिने बताइएको छ।

कांग्रेस असौज ८ गतेबाट सुझाब संकलनका कार्यक्रम सार्वजनिक गरेको छ। असौज ८ गते पार्टी केन्द्रीय कार्यालयमा पार्टी सभापति र शीर्ष नेतासहितको सहभागितामा बृहत् कार्यक्रम गर्ने जनाएको छ।

प्रारम्भिक विधान मस्यौदामा सुझाव संकलन गर्न तय गरिएका कार्यक्रम  

प्रदेश

कार्यक्रम गर्ने जिल्ला

मिति

प्रमुख अतिथि

संयोजक

प्रदेश १

इलाम

असोज ८ र ९

गोपालमान श्रेष्ठ

आनन्दप्रसाद ढुंगाना

मोरङ

असोज ११ र १२

पूर्णबहादुर खड्का

आनन्दप्रसाद ढुंगाना

प्रदेश २

धनुषा

असोज ९ र १०

कृष्णप्रसाद सिटौला

डा. मीनेन्द्र रिजाल

पर्सा

 

असोज १२ र १३

रामचन्द्र पौडेल

डा. मीनेन्द्र रिजाल

प्रदेश ३

ललितपुर

असोज ८ र ९

शेरबहादुर देउवा

दिलेन्द्र बडु

काभ्रे

असोज ११ र १२

सीतादेवी यादव

दिलेन्द्र बडु

गण्डकी

कास्की

असोज ९ र १०

डा. शशांक कोइराला

फर्मुल्ला मन्सुर

बाग्लुङ

असोज १२ र १३

अर्जुननरसिंह केसी

फर्मुल्ला मन्सुर

प्रदेश ५

रुपन्देही (भैरहवा)

असौज ९ र १०

विजय गच्छदार

रमेश लेखक

दाङ

असोज १२ र १३

विमलेन्द्र निधि

रेमश लेखक

कर्णाली

सुर्खेत

असोज ८ र ९

चित्रलेखा यादव

मानवबहादुर विश्‍वकर्मा

प्रदेश ७

कैलाली

असोज ११ र १२

डा. प्रकाशशरण महत

मानवबहादुर विश्‍वकर्मा

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.