|

इरानमा सैन्य कवाज (परेड)मा शनिबार एक लडाकु समूहले गरेको आक्रमणमा परी मृत्यु हुनेको संख्या २४ पुगेको जनाएको छ।

सैन्य परेड भइरहेको स्थलमा एक्कासि आतंकवादीहरूले आक्रमण गर्दा कवाज हेरिरहेका महिला, बालबालिकासमेतको मृत्यु भएको र शनिबार अपराह्‍नसम्म उक्त घटनामा मृत्यु हुनेको संख्या २४ पुगेको यहाँको राज्य सञ्चालित आइआरएनए समाचार संस्थाले जनाएको छ।

घटनामा ५३ जना घाइते भएको बताइएको छ। आइआरएनएले अस्पताल स्रोतलाई उद्धृत गर्दै घटनामा घाइते भएका केही व्यक्तिको अवस्था गम्भीर रहेकोले मृतक संख्यामा थप केही वृद्धि हुने बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.