|
प्रतीकात्मक फोटो

सिन्धुली : सिन्धुलीको कमलामाई नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गरेको छ। नगरपालिकाले नगरभित्र रहेका सबै सामुदायिक विद्यालयमा रहेका प्रारम्भिक बालविकासदेखि कक्षा पाँचसम्मका सबै बालबालिकालाई दिवा खाजाको व्यवस्था गर्न लागिएको हो।

नगरभित्रका १०१ वटा विद्यालयको प्रारम्भिक बालविकासदेखि कक्षा पाँचसम्म अध्ययनरत छ हजार १३३ जना बालबालिकालाई विद्यालयमा अनिवार्य दिवा खाजाको व्यवस्थापन गरिएको कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले बताए। प्रति विद्यार्थी १५ रुपैयाँका दरले प्रारम्भिक बालविकासदेखि कक्षा पाँचसम्मका बालबालिकालाई दिवा खाजा खुवाउन नगरले नै बजेटको व्यवस्थापन गरेको छ। 

कमलामाई नगरपालिकाको नगर शिक्षा समितिको गत भाद्र १९ गते बसेको बैठकले नगर भित्रका बालबालिकालाई हरेक दिन दिवा खाज खुवाउने व्यवस्था मिलाएको हो। नगरले नगर भित्रका विद्यार्थीका लागि दैनिक ९१ हजार ९९५ रुपैयाँको खाजा खुवाउने छ।

नगरभित्रै रहेका विद्यालयमा अध्ययनरत बालबालिका भोकभोकै पढ्नु पर्ने बाध्यतालाई अन्त्य गर्न दिवा खाजाको व्यवस्था गर्न लागिएको खत्रीको भनाई छ। नगरपालिकाका कतिपय विद्यालयका विद्यार्थी एक घण्टादेखि तीन घण्टासम्म पैदल हाडेर विद्यालयमा अध्ययनका लागि बालबालिका जानु पर्ने बाध्यता छ।

त्यस्तै नगरले क्षिकहरुलाई अनिवार्य विद्यालय पोषाक र डिजिटल मेसिनमा हाजिर गर्ने व्यवस्था मिलाउन निर्देशनसमेत दिएको छ। नगरले विद्यालयमा शिक्षकले विद्यार्थीसँग पठनपाठनका लागि कक्षा कोठमा वेतित गरेको समय  गणना गर्न र विद्यार्थीको लगबुक अनिवार्य कायम राख्नसमेत निर्देशन दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.