|

काठमाडौं : कवि रिमा केसीको ‘अक्षरमा यात्रा’ कविता सङ्ग्रह सार्वजनिक भएको छ। शनिबार कालिकास्थानस्थित सर्वनाम थिएटरमा वरिष्ठ कवि तुलसी दिवसको प्रमुख आतित्थ्यमा उक्त संग्रह सार्वजनिक गरिएको हो। कविता संग्रहमाथि कवि तथा समीक्षक श्रवण मुकारुङ, आहुती र विमला तुम्खेवाले टिप्पणी गरेका थिए।

कवि दिवसले संग्रहबारे धारणा राख्दै भने, ‘‘कविको आफ्नै भाषा र शैली हुन्छ। यस संग्रहमा कवि रिमा केसीको आफ्नै लय र शैली रहेको छ। कविको आफ्नै भाषा र शैलीमा लेखिएको अक्षरमा यात्रा कविताको छुट्टै विशेषता रहेको छ।’ कवि मुकारुङले ‘‘पहिलो कृतिमा नै कवि केसीले सशक्त नारी चेतको वकालत गरेकी छिन्। उनका कवितामा नारी, प्रेम र नारी उत्पीडनको विषयलाई प्रस्तुत गरिएको छ।’’

आहुतीले कविताको सैद्धातिक पक्षमाथि बोल्दै हामीले बुझ्ने समाज र नारी प्रतिको धारण परिवर्तन गर्नुपर्ने विचार राखेका थिए। उनले कवितामा नारी पीडाको आवज मात्र हैन किन नारी पीडित भए र त्यसको अन्त्यका बारेमा कविताले नारीप्रति समाजले हेर्ने परम्परागत दृष्टिकोण र धारणा नै परिवर्तन गर्नुपर्ने बताए। कवितामा केही गुनासो मात्र देखिएतापनि पहिलो कृतिमा स्वाभाविक भएको बताए।

कवि तुम्खेवाले भनिन्, ‘‘यस कविता संग्रहबाट शसक्त नारी स्रष्टाको उदय भएको छ। नारीको आवजलाई कलात्मक तथा निजात्मक शैलीमा लेखिएको यस संग्रहमा नारीको विशेष स्थान रहेको छ।"

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.