|

काठमाडौं : उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधिसभाका समितिहरूमा ६० प्रतिशत महिलाहरूले नेतृत्व गर्ने अवसर पाउनु सुखद् बताएकी छन्।

काठमाडौंमा दुई दिनसम्म चलेको महिला कानुन व्यवसायीहरूको २७ औँ सम्मेलनलाई शनिबार सम्बोधन गर्दै उपसभामुख डा. तुम्बाहाङ्फेले राज्यका हरेक निकाय अब समावेशीकरणतर्फ उन्मुख भएको भन्दै खुसी व्यक्त गरिन्।

‘लैंगिक प्रतिनधित्व समानताका आधारमा हुनुपर्छ भन्ने महिला आन्दोलनको उद्देश्य थियो,’ उनले भनिन्, ‘विस्तारै व्यवहारमा लागू हुँदै जानु खुसीको कुरा हो।’

प्रतिनिधिसभाका १० मध्ये ६ वटा समितिमा महिला सांसदहरूले नेतृत्व गरेका छन् भने राष्ट्रिय सभाका ४ मध्ये दुई र २ संयुक्त समितिमध्ये एकमा महिला सांसदले नेतृत्व गरेकी छन्।

उपसभामुख डा. तुम्बाहाङ्फेले संविधान कार्यान्वयनका लागि मौलिक हकसँग सम्बन्धित १६ वटा कानुन निर्माण भइसकेको स्मरण गराउँदै कानुन निर्माण प्रक्रियामा सहभागिता जनाउन कानुन व्यवसायी महिलाहरूलाई अपिल गरिन्। उनले स्थानीय निकायको न्यायिक समितिको नेतृत्व उपप्रमुख/उपाध्यक्षले पाउनुलाई सुखद अवसर भन्दै त्यसको नेतृत्वमा कानुन व्यवसायी पृष्ठभूमिका महिलाहरूको प्रतिनिधित्व भएको खण्डमा अझै सहज हुने उनको अपेक्षा थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.