|
फाइल फोटो

काठमाडौं : खानेपानीमन्त्री बीना मगरले मेलम्ची खानेपानी आयोजना निर्माणका लागि ल्याइएको सिमेन्ट बिक्री गरिएको घटनामा संलग्नलाई कारबाही गर्न निर्देशन दिएकी छन्।

मन्त्री मगरले शनिबार एक विज्ञप्ति जारी गरी अब उप्रान्त यस्तो घटना दोहोरिन नदिन तथा आयोजना निर्माणको कार्य समयम नै सम्पन्न गर्न पनि सम्बन्धित निकायलाई निर्देशनसमेत दिएकी छन्।

मेलम्ची खानेपानी आयोजनाको अम्बाथान–हेलम्बु सुरुङको बाँध निर्माणका लागि ल्याइएको ३४० बोरा सिमेन्ट आयोजनाका कर्मचारीको मिलेमतोमा निजी पसलमा बिक्री गरिएको पाइएको थियो।

मन्त्री मगरले राष्ट्रिय गौरवका आयोजना निर्माणको सम्बन्धमा देखिएको यसप्रकारको गम्भीर लापरबाहीप्रति मेलम्ची खानेपानी विकास समिति र सम्बन्धित ठेकेदार कम्पनी सिएमसीलाई थप जिम्मेवार भई काम गर्न सचेत गराएकी छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.