समाज

सार्वजनिक यातायातको भाडा १० प्रतिशतले बढाउने सहमति
SHARES

फाइल फोटो
असोज ६, २०७५

    काठमाडौं : सरकार र यातायात व्यवसायीबीच १० प्रतिशत भाडा बढाउन सहमति भएको छ। यातायात व्यवसायी र सरकारी टोलीबीच भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा भएको वार्तामा हालै भएको इन्धनको मूल्यवृद्धिलाई मुख्य आधार मानेर भाडादर १० प्रतिशत बढाउने सहमति भएको हो।

    सोही सहमतिअनुसार भोलिबाटै नयाँ भाडादर कायम गर्न मन्त्रालयले यातायात व्यवस्था विभागलाई निर्देशन दिएको छ। सहमतिअनुसार विभागले आइतबारबाट नयाँ भाडादर कामय गर्ने भएको छ भने यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ खुल्ला गर्ने भएका छन्।

    साथै शनिबारको वार्ताले सरकार र यातायात व्यवसायीबीच मूल्य वृद्धिअनुसार भाडा समायोजन गर्न समिति गठन गर्ने सहमति भएको यातायात व्यवस्था विभागले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]