राजनीति

कार्यवाहक प्रधानमन्त्री तोकिए उपप्रधानमन्त्री पोखरेल
SHARES

फाइल फोटो
असोज ६, २०७५

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई दिएकी छन्।

    प्रधानमन्त्री ओलीको सिफारिशमा उपप्रधानमन्त्री पोखरेललाई राष्ट्रपति भण्डारीले कार्यवाहक प्रधानमन्त्रीको कार्यभार तोकेकी हुन्। प्रधानमन्त्री ओली संयुक्त राष्ट्र सङ्घको ७३औँ महासभामा भाग लिन आज संयुक्त राज्य अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गरेका छन्।

    राष्ट्रपतिले प्रधानमन्त्री ओलीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिशमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पोखरेलले सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]