|

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले कार्डिफमाथि प्रभावशाली जित निकाल्दा युनाइटेड भने वल्भेससँग बराबरीमा रोकिएको छ। शनिबार भएको खेलमा साविकको विजेता कार्डिफ सिटीलाई ५–० ले हरायो । युनाइटेड भने वेल्भेससँग बराबरीमा रोकियो।

कार्डिफको घरेलु मैदानमा भएको खेलमा सिटीका लागि रियाद महरेजले दुई गोल गरे। त्यस्तै सर्जियो अगुएरो, बर्नार्डो सिल्भा र गोन्डुगानको नाममा समान एक गोल रह्यो। सिटीको छ खेलबाट पाँच जित र एक बराबरी रहेको छ। कार्डिफविरुद्ध फराकिलो जितसँगै सिटी लिगको दोस्रो स्थानमा उक्लिएको छ। सिटीले छ खेलबाट १६ अंक जोडेको छ। पराजित कार्डिफको भने समान खेलबाट दुई अंक मात्र रहेको छ।

पहिलो बराबरी

युनाइटेड जारी सिजनमा पनि उपाधि होडबाट टाढिने सम्भावना बढेको छ। छ खेलमै म्यानचेस्टर युनाइटेड शीर्ष स्थानको लिभरपुलभन्दा अाठ अंकले पछि परिसकेको छ। दुई खेल हारेको युनाइटेड शनिबार एक अंकमा चित बुझाउन बाध्य भयो। युनाइटेडको लिग अंक तालिकामा १० अंकका साथ पाँचौ स्थानमा रहेको छ। छ खेल खेलेको युनाइटेड तीन जित दई हार र एक बराबरीको सिकार भएको छ। 

युनाइटेडले लिगको नवप्रवेशी वल्भेसविरुद्ध १८ औं मिनेटमानै अग्रता बनाएको थियो। फ्रेडले सुरुवाती अग्रता दिलाए पनि युनाइटेडले उक्त अग्रतालाई कायम राख्न नसक्दा दोस्रो हाफमा बराबरी खेल्यो। वेल्भेसका लागि जोआओले बराबरी गोल गरेका थिए। अधिकांश समय खेल आफ्नो पकडका बाबजुत पनि युनाइटेड गोल गर्न असफल भयो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.