|

काठमाडौं : निर्माण व्यवसायीहरूको छातासंगठन नेपाल निर्माण व्यवसयी महासंघ अध्यक्षमा रवि सिंह निर्वाचित भएका छन्। शनिबार मध्‍यरातमा आएको मतपरिणामअनुसार सिंह अध्यक्षमा निर्वाचित भएका हुन्।

 अध्‍यक्ष पदमा चार जना प्रतिस्पर्धीहरू बीचको प्रतिस्पर्धामा उनले ४६६ मत प्राप्त  गरी विजयी भएका हुन्। उनका निकटतमा प्रतिस्पर्धी यक्ष्यध्‍वज कार्कीले ३५७ मत प्राप्त गरेका थिएन। महासंघका सत्तारुढ दल नेकपा निकट व्यवसायीको तर्फबाट कार्की र प्रमुख विपक्षी दल नेपाली कांग्रेस निकट व्को‍वसायीको प्यानलबाट सिंह उम्मेदवारको रुपमा अघि बढाइएको थियो। महासचिव लगायतका केही महत्वपूर्ण पदमा कार्की प्यानलका उम्मेदवार विजयी भएका छन्। एक वरिष्ठ उपाध्यक्षमा सिंह प्यानलका निकलोश पाण्डे विजयी भएका छन्।

पूर्वमन्त्री तथा राप्रपाका नेता बिक्रम पाण्डेका छोरा समेत रहेका उनी ४६५ मत प्राप्‍त गरेर विजयी हुँदा निकटतम प्रतिस्पर्धि लक्ष्यमण रानाले ४२५ मत प्राप्‍त गरेका छन्। महासचिमा भने कार्की प्यानलबाट रोसन दाहल निर्वाचित भएका छन्। उनी ३४९ मत प्राप्‍त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धीहुमनाथ कोइरालाले ३१६ मत लिएका छन्।

एक उपमहासचिवमा टंक प्रसाद चौलागाई, एक कोषाध्‍यक्षमा हिरणकुमार सिंह र एक सहकोषाध्यक्षमा सरस्वती कार्की विजयी भएकी छन्। त्यस्तै सात प्रदेशबाट सात उपाध्‍यक्ष सहित विभिन्‍न क्षेत्रबाट प्रतिनिधित्व गरेर २२ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।

शनिबार भएको निर्वाचमा ९०० मतदाताले मतदान गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.